१४ किलो गाँजासहित दुई युवक पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख २३ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– प्रहरीले सिरहाबाट १४ किलो गाँजासहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार– १, मुक्सारका २६ वर्षीय महेन्द्र साह र सोही नगरपालिका– २ का ३६ वर्षीय श्यामकुमार साह रहेका छन ।

गोलबजार नगरपालिका–४, शिवमन्दिर नजिकैबाट १३ केजी ८ सय ४० ग्राम गाँजासहित उनीहरु पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

गोलबजार–४, शिवचोक नजिकै पार्किङ गरिराखेको प्र. २–०१–००२ ह.०२९८ नम्बरको अटोमा लुकाइछिपाइ राखिएको ५ किलो ८ सय ४० ग्राम गाँजासहित महेन्द्र साह र प्र. २९०१९००१ ह. १०५६ नम्बरको अटोमा लुकाएर राखिएको ८ किलो गाँजासहित श्यामकुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us