
काठमाण्डु, २३ वैशाख– अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय प्रमीला सुवेदी रहेकी छन ।
रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी सुवेदीको मृत्यु भएको हो ।उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् ।
रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए।