जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाण्डु टुडे २०८० वैशाख २२ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक वैशाख २७ गते बुधबार बस्ने भएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जानकारी दिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us