ढाकाबाट काठमाण्डुका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

काठमाण्डु टुडे २०८० वैशाख २२ गते १८:०२ मा प्रकाशित

एजेन्सी– बङ्गलादेशको ढाकाबाट नेपालको काठमाण्डुका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण गरेको छ ।

विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको बताइएको छ ।

यसअघि उनीहरूलाई एअर इन्डियाको जहाजबाट पठाउने योजना रहेकोमा पछि विमान बङ्गलादेशकै जहाजबाट काठमाण्डु पठाइएको खबरमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us