
काठमाण्डु, २१ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय संख्या नबढाउने बताएका छन । आज बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
मुख्यमन्त्री पाण्डेले सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन । उनले अघि भने, ‘गठबन्धनका दलहरुको बीचमा मन्त्रालय बाँडफाँट गर्छौं, यसमा कुनै समस्या छैन ।’
खगराज अधिकारी नेतृत्वको सरकार काम चलाउ भइसकेपछि धेरै योजनालाई अगाडि बढाएको पाइएको उनले बताएका छन ।
यसको आवश्यकता हेर्ने भन्दै उनले भने, ‘साच्चै आवश्यकता अनुसार अगाडि बढाइएको हो कि राजनीतिक इन्ट्रेष्टमा हो भन्ने हेर्छौं । हामी आएपछि पनि गर्नुपर्ने काम त्यही हुन्छ भने हामी बायस हुन्नौं।