सुनको मूल्यले हालसम्मकै उच्च

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– आज बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो । बिहीबार १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको हो ।

बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । बिहीबार चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us