लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

काठमाण्डु टुडे २०८० वैशाख १९ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रप्त गरेका छन । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका थिए ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत सत्तारुढ गठबन्धनमा रहेका ८ दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।

नेकपा एमालेका प्रदेशसभा सदस्यले विपक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । ११ वैशाखमा विश्वासको मत नपाएर नेकपा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us