रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छःसुदन किराती

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १५:५५ मा प्रकाशित

काठमाण्डु ,१५ वैशाख- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।

आज होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन सरकार तयार हुनुपर्ने बताएका हुन्।

जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ उनले भने। ‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौं,’ उनले भने।

मन्त्री किरातीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नपरेको पनि बताए। एउटा सामान्य व्यवसाय दर्ता गर्न दर्जनौं मन्त्रालय र विभागका सैयौं टेबलमा पुग्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई अन्त्य गरिनुपर्ने बताए।

विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम र पैसामा चाबी लगाएर मरूभूमिमा श्रम गर्न पठाउने मुलुकको नीतिमा नै खोट रहेको उनले बताए।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us