
काठमाण्डु ,१५ वैशाख- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा भएको खर्च विवरण सदनलाई जानकारी गराउन माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएका विवरण आइरहेकोले सरकारले राज्यबाट के कती खर्च धयको हो सत्यतथ्य सदनलाई जानकारी गराउनुपर्ने बताए।
उनले भने -राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएको सामाजिक सञ्जालमा आइरहेका छन्, भएको के हो? सरकारले संसदलाई जानकारी गराएको छैन, ‘सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा जानुपर्ने यति समृद्ध र यति हैसियतवाला मुलुक नेपाल हो कि होइन?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड गरेर राष्ट्रपतिलाई भारतमा उपचार गर्न पठाएको भन्ने व्यहोराको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भएको उनको भनाइ छ।