नवनियुक्त गभर्नर डा. पौडेलद्वारा प्रधानन्यायाधीशसँग सपथ ग्रहण

काठमाण्डु टुडे २०८२ जेठ ७ गते ११:३४ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोप्नीयताको सपथ ग्रहण गरेका छन् ।

पौडेलले सर्वोच्च अदालत पुगेर राउतसँग सपथ लिएका हुन्। गभर्नर प्रधानन्यायाधीशसँग सपथ लिने कानुनी व्यवस्था छ । पौडेल सपथ लिएर पद बहाली गर्न नेपाल राष्ट्र बैंकतर्फ लागेका छन् ।

पौडेलले आज नै पदभार ग्रहण गर्दैछन् । सरकारले मंगलबार अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको १८ औँ गभर्नरको रुपमा नियुक्त गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us