
काठमाण्डु, १२ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ भने संस्थागत आईसोलेशनमा २७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।