
काठमाण्डु, ११ वैशाख– चितवन–२ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज सोमबार बिहान बसेको सर्वदलीय बैठकमा यस्तो सहमति गरेको हो ।
मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ । चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार रहेबा छन ।
मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको कांग्रेस उम्मेदवार श्रेष्ठले जानकारी दिएका छन । मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर
पठाउने, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले उनले बताएका छन ।