
काठमाण्डु, १० वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।
नयाँदिल्लीस्थित भारतीय दूतावासले राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जनाएको छ । पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको छ ।
पेटमा गम्भीर समस्या देखिएपछि पौडेललाई बुधबार बिहान श्री एयरको स्काई एम्बुलेन्समार्फत भारत लगिएको थियो ।