चितवन–२ र तनहुँ–१ मा मत कम खस्यो, बारा–२ मा बढ्यो

काठमाण्डु टुडे २०८० वैशाख १० गते १९:४५ मा प्रकाशित

काठमाण्डु, १० वैशाख– प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।

बारा–२, चितवन–२ र तनहुँ–१ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मत खसेको जानकारी दिए ।

बारामा गएको ४ मंसिरमा सम्पन्न निर्वाचनमा भन्दा ०.३६ प्रतिशत बढी तथा चितवन–२ मा ४.६३ र तनहुँ–१ मा १.०३ प्रतिशत मत कम खसेको हो ।

४ मंसिरमा भएको निर्वाचनमा बारा–२ मा ६३।५६, चितवन २ मा ६७।६३ प्रतिशत र तनहुँ–१ मा ५४।०३ प्रतिशत मत खसेको आयोगको तथ्याङ्कमा छ । सहायक प्रवक्ता अर्यालले तीनवटै निर्वाचन क्षेत्रका मतपत्र ढुवानी सुरु भएको बताए ।

आजै राति अबेरसम्म मतपत्र संकलन सकेर मतगणना थालिने आयोगले जनाएको छ ।

बाराको कलैया, चितवनको भरतपुर र तनहुँको दमौलीमा मतगणना हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us