
काठमााण्डु १० वैशाख आइतबार भयको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा मंसिर ४ को भन्दा कम मतदान भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ।मंसिर ४ को चुनावमा ७२ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको छ।
तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको थपलियाले बताए।तनहुँ-१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने बारा-२ मा ६४ प्रतिशत मतखसेको थियो।