३ बजेसम्म चितवन–२ मा खस्यो ५१ प्रतिशत मत

काठमाण्डु टुडे २०८० वैशाख १० गते १५:२९ मा प्रकाशित

काठमाण्डु ,१० वैशाख -चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ।

सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने प्रभावित भएको छ ।

प्रभावित भएको मतदान सुचारु गर्न सर्वदलीय बैठक जारी रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us