
काठमाण्डु ,१० वैशाख -चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।
मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार समेत गरेको छ ।
रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ।