शान्तिपूर्ण मतदान खल्बल्याउन खोज्एको आरोपमा बारामा ४ जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख १० गते १२:१८ मा प्रकाशित

काठमाण्डु१० वैशाख, बाराको देउतल गाउँपालिका ७ पिपलपातीमा आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको देउतल गाउँपालिका- ७‚ पिपलपातीमा भइरहेको मतदानमा अवरोध पुर्यााउन खोजेको भन्दै रौतहटका ३ जना र बारा पर्सौनीका १ जना गरी जम्मा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मतदान भने जारी छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us