
काठमाण्डु, १० वैशाख- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले यस पटक अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बतायका छन् ।
चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि उत्साह बढेको बताएका हुन् ।
‘बिहानदेखि उत्साह देखिएको छ । त्यसलाई मैले सकारात्मक रूपले लिएको छु । यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु’उनले भने ,
लामिछानेले सचेत नागरिकले आफ्नो विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क रहेको पनि बताएका छन ।