माओवादी केन्द्रलाई गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको आग्रह: आफैंले बनाएको सरकार जोगाउनुस्

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १६:३८ मा प्रकाशित

काठमाण्ड, ९ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा माओवादी केन्द्रसँग सहयोग मागेका छन् ।

आज शनिबार गण्डकी प्रदेशसभामा विश्वासको माग माग्दै उनले सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेका हुन ।

उनले भनेका छन्, ‘प्रदेश सरकार निर्माणको बेलामा गरेको सहकार्यको प्रतिबद्धता कार्यान्वयन गर्न अनुरोध गर्दछु। बिना कारण अस्थिरता सिर्जना गर्ने कार्य राजनीतिक नैतिकता, आचारण, व्यवहार र सिद्धान्तभित्र पर्दैन । आफैंले निर्माण गरेको सरकारलाई सहयोग गर्ने तपाईहरुको दायित्व हो ।’

उनले राजनीतिक पार्टीहरु नीति, विचार, नेतृत्व र विधिले चल्ने भन्दै उनले पार्टीगत क्षणिक स्वार्थलाई प्राथमिकतामा राखेर गरिने कामहरु गैरराजनीतिक हुने बताएका छन ।

उनले भने, ‘यस्ता गैरराजनीतिक क्रियाकलाप तथा अस्थिरता निम्तिने सबैखालका गतिविधिहरुदेखि टाढा रही देश र जनतालाई केन्द्रमा राखी अगाडि बढ्नसमेत म संवद्ध सबै पक्षसँग अनुरोध गर्दछु’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us