कारागारका कैदीको उपचारका क्रममा मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १७:१२ मा प्रकाशित

मकवानपुर, ६ वैशाख– मकवानपुरको भीमफेदी कारागारका कर्तव्य ज्यान मुद्दाका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । मूत्यु हुनेमा मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परिया रहेका छन ।

परियार बिहान करिब ११ बजेतिर एक्कासी आफैं बेहोस भई ढलेपछि उपचारको लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले बताएको छ ।

परियारको उपचारको क्रममा १२: २० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us