नेपालको शिक्षा प्रणाली पुनरावलोकन गर्न आवश्यक छ: आरजु राणा

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १४:४० मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नेपालको समग्र शिक्षा प्रणालीको पुनरावलोकन गर्न आवश्यक भएको बताएकी छन ।

आज (बुधवार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन । सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिन्ह उठेको बताइन् ।

उनले विश्वविद्यालयमा समेत विद्यार्थी भर्नाको संख्या कम हुँदै गइरहेको भन्दै यो राम्रो लक्षण नभएको बताएकी छन । उनले शिक्षामा लगानी अनुसारको प्रतिफल नमिलेको पनि बताएकी छन ।

उनले शिक्षामा सुधारको लागि आधारभूत तथा माध्यामिक तहको निरन्तर मूल्यांकन गर्नुपर्ने र पृष्ठपोषण गर्न आवाश्यक भएको बताएकी छन । उनले त्यस्तै नतिजामा आधारित गरेर शिक्षक र विद्यालयलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने बताएकी छन ।

उनले विद्यालय व्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्ने बताएकी छन ।

उनले देशभरका सरकारी विद्यालयका आधारभूत तहमा अंग्रेजी भाषाबाट पनि गर्न नीति, नियम र स्रोत, साधनको सुनिश्चितता गर्नुपर्ने बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us