
काठमाण्डु,१ वैशाख– आज बस्ने भनिको शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको हो।
यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई पटक छलफल गरीसकेका छन ।
शुक्रबार दिउँसो १ बजे पनि बैठक बस्ने तय भएको थियो । तर बैठक स्थगित भएको हो । एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको बताएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको नेता हरुले बताएका छन । अब अर्को बैठकको मिति तय भएको छैन ।