रास्वपाले सोध्यो सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण

काठमाण्डु टुडे २०७९ चैत २६ गते १७:१३ मा प्रकाशित

काठमाण्डु ,२६ चैत- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रकम चाहिने भन्दै २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। विज्ञप्तिमा सञ्चारमाध्यममा सार्वजनिक टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त संवादबारे सत्य तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न केन्द्रीय अनुशासन समितिलाई निर्देशन दीयको छ।

साथै छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्नरनगराउन समेत श्रेष्ठलाई निर्देशन दिइएको छ।

‘साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा.श्रेष्ठलाई निर्देशन दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us