सन्दीप लामिछानेको मुद्दामा जाहेरीकर्ताकाे स्वास्थ्य परीक्षण गर्न चिकित्सक झिकाउन अदालतको आदेश

काठमाण्डु टुडे २०७९ चैत २६ गते १६:५० मा प्रकाशित

काठमाण्डु ,२६ चैत- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाण्डु जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण मा संलङ्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ ।

वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउनू भन्ने आदेश दिएका हुन् ।

यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् ।

एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाण्डु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us