उदयपुरको गाईघाट बजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत २६ गते १२:०९ मा प्रकाशित

काठमाण्डु ,२६ चैत- उदयपुरको गाईघाट बजारमा ट्रकले मोटरसाइकल लाई ठक्कर दीदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय तारणी मगर रहेका छन। बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मे १ ख २१८४ नम्बरको ट्रकले प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बार समेत भत्काएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षर्शीले बताएका छन् ।

ट्रक चालक, ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us