
काठमाण्डु, २६ चैत- नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई रहेका छन। राईले ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको पाइको छ।
चैत २२ र २३ गते एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ। यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गरा उने जिम्मा लिने कन्सल्टेन्सी सुनसरीमा धेरै पाइएको छ।
जसमध्य धेरैजसो धरानस्थित कन्सल्टेन्सीका परीक्षार्थीहरू रहेका छन्। खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछन्। त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन्।
धरानबाट अधिकांश कसल्टेन्सीले विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए।
अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए।