
काठमाण्डु ,२६ चैत -रौतहटको कटहरीयामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ। ससुराली आएका सोनारले ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष बाहिर भएको मौका छोपी दिउँसो एकजना ८ वर्षीया बालिकालाई साहले जबरजस्ती करणी गरी फरार भएका थिए।
पीडित बालिकाले घटनाबारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दै गरेका सोनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए।
इलाका प्रहरी कार्यालय कटहरीयाका प्रमुख सई अशोक कुमार महतोले आरोपी सोनारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको बताए।