
काठमाण्डु,२५ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जानकारी दिएको छ ।
१ हजार १७० वटा नमुनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५७ जना सङ्क्रमणमुक्त पनि भएका पनि मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको छ । त्यस्तै, थप २० हजार २५७ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन ।