सभामुख र तीन दलका शीर्ष नेताहरुबीच छलफल

काठमाण्डु टुडे २०७९ चैत २५ गते १७:०५ मा प्रकाशित

काठमाण्डु,२५ चैत–प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । आज शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भएको हो ।

छलफलमा सभामुखसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।

संसद्लाई प्रभावकारी बनाउनका लागि आजको छलफलको आयोजना गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us