भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो: रवि लामिछाने

काठमाण्डु टुडे २०७९ चैत २५ गते १६:२४ मा प्रकाशित

काठमाण्डु,२५ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन ।

आज (शनिबार) चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आँबुखैरनी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले ३० वर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशबाट पलायन गराएको आरोप पनि लगाएका छन । उनले नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि पनि बताएका छन ।

उनले भने, ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाइराखेका छौं ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकि तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us