
रामेछाप, २५ चैत– झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मूत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जी रहेका छन ।
कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघिदेखी कारागारमा रँहदै आएका कैदी बन्दी दर्जीको उपचारको क्रममा मृत्यु भएको रामेछाप कारागारका प्रमुख रुपलाल तामाङले जानकारी दिएका छन ।
कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगेको उनले बताएका छन । उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।
मृतक दमाईलाई कर्तव्य ज्यान मुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो । उनको शुक्रवार निधन भएको हो ।