
एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आज शनिबार बिहान प्रहरीसँग भएको झडपमा तीन जनाको मृत्यु भएको छ ।
प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको प्रहरीले बताएको छ ।
मारिएका अपराधीहरूको पहिचान भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । शहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानून प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र गरीएको छ ।
यसैगरी शनिबार बिहानै शहरका विभिन्न क्षेत्रमा अपरेसन गरी पाँचजना शङ्कास्पदलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।