मोटरसाइकल दुर्घटना परी एकजना युवाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत २५ गते ११:२४ मा प्रकाशित

काठमाण्डु,२५ चैत– महोत्तरीमा मोटरसाइकल र गाडी एक–आफसमा ठोकिँदा एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३० वर्षिय मोटरसाइकल चालक मनिष कार्की रहेका छन ।

बर्दिबास स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा कार्कीको मूत्यु भएको प्रहरीले जानकारी दिएको छ । विपरित दिशावाट आएको प्र. २ ०४९००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३–००१ ज ०२९७ नम्बरको विङगर गाडी एक–आफसमा ठोकिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिएका छन ।

विङगर गाडी र सर्लाही हरिवन बस्ने गाडी चालक निरज लामालाइ थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us