
काठमाण्डु, २३ चैत– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गरेका गरेका छन ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै उनले एक पटक संसदीय टोली अनुगमनका लागि पठाउनुपर्ने बाएका छन ।
उनले भने, ‘एउटा संसदीय टोली बनाएर फोहोरमैला कसरी व्यवस्थापन भइरहेको रहेछ, कति अव्यवस्था रहेछ हेर्नुपर्यो ।’ उनले पहिले सिसडोलमा जसरी फोहोर फालिएको थियो अहिले बञ्चरेडाँडामा पनि त्यस्तै अव्यवस्थित ढंगले फोहोर फ्याँकिएको बताउका छन ।
उनले भने, ‘वैज्ञानिक व्यवस्थापन गर्ने भनिए पनि फोहोरबाट निस्कने झोल पदार्थ जताततै फ्याँकिएका छन् । घरमा बस्न नसकिने अवस्था छ’ ।
स्थानीय युवाले फोहोरमा बस्न सक्दैनौं भन्दा उल्टो प्रहरीले वारेन्ट जारी गरेको भन्दै ती वारेन्टहरु खारेज गर्नुपर्ने बताएका छन । उनले स्थानीय कोल्पुखोलामा फोहोरको लिचेड बगाउन बन्द गर्नुपर्ने, बञ्चरेडाँडा क्षेत्रमा जाने सडक कालोपत्रे गर्नुपर्ने बताएका छन ।