तनहुँ १ मा गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

काठमाण्डु टुडे २०७९ चैत २० गते १४:३३ मा प्रकाशित

काठमाण्डु,२० चैत– तनहुँ १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै गएका थिए । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय रहेको छ । तनहुँ १ मा नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गर्दै छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us