पशुपति मन्दिर परिसरमा प्लाष्टिक निषेध

काठमाण्डु टुडे २०७९ चैत १५ गते १२:११ मा प्रकाशित

काठमाण्डु,१५ चैत– पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको पशुपति क्षेत्र विकास कोषले आज (बुधबार) एक सूचना प्रकाशित गर्र्दै यस्तो बताएको हो ।

कोषले प्रकाशित गरेको सुचनामा भनिएको छ , ‘प्लाष्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लाष्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं भन्ने अनुरोधसहित यो सूचना प्रकाशित गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइरहेको छ । यो अभियान तीन महिनासम्म निरन्तर चल्न्ने छ ।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चल्ने यस अभियानमा सहभागी हुन समेत कोषले सबैलाई अनुरोध पनि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us