
एजेन्सी -भारतको उत्तराखण्डको उत्तर काशीमा शनिवार राति चट्याङमा परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भाटवाडी ब्लकको बारसु गाउँका तीन जना मानिस एक हजारभन्दा बढी भेडा बाख्रा लिएर ऋषि केशबाट उत्तर काशी जाँदै थिए ।
राति उनीहरू डण्डा तहसिलको खातुखाल नजिक पुगेका थिए । यस अवधिमा लगातार पानी परिरहेको थियो र ठुलो आँधी आएको थियो ।
राति करिब ९ बजे चट्याङ परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको थियो । एकैसाथ यति धेरै जनावर मरेकाले गाउँका जनता त्रसित भएका छन् । घटना लगते घटनाबारे भाटवाडी ब्लककी प्रमुख विनीता रावतलाई जानकारी गराएका थिए ।