पाकिस्तानमा ३५ आतङ्ककारी मारिए

काठमाण्डु टुडे २०७१ साउन ६ गते १०:३३ मा प्रकाशित

पाकिस्तान , ६ साउन – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा गत हप्ता गरिएको हवाई आक्रमणमा मारिएका कयौँ सर्वसाधारणपछि पाकिस्तानमा हवाई आक्रमणको व्यापक विरोध भएको छ ।

पाकिस्तानी नागरिकले यसरी गरिने हवाई हमलामा परी नागरिक मारिएपछि सर्वसाधारणको हत्या गरिएको भन्दै व्यापक मात्रामा विरोध गर्ने गरेका छन् ।

उनीहरुले यो विरोध गरिरहेकै बेला मङ्गलबार बिहानै पनि हवाई हमलाबाट कम्तीमा पनि ३५ जनाको हत्या भएको समाचारमा जनाइएको छ ।

ती मारिने आतङ्ककारी भएको सेनाले जनाएको छ । हवाई कारबाहीमा परी पाकिस्तानको स्वाल उपत्यकामा ३५ जना मारिएको समाचारमा जनाइएको छ ।

उनीहरुले भागिरहेको सूचनाको आधारमा सेनाले हवाई कारबाही गरेको थियो । त्यसमा परी आतङ्ककारी नै मारिएका जनाइएको छ ।

उत्तरी वाजिरिस्तानमा विशेषगरी तालिवान आतङ्ककारी मारिने गरेका छन् । उनीहरु सोही क्षेत्रमा आश्रय लिएर बस्ने गरेको सूचनाको आधारमा पाकिस्तानी सैनिकले आक्रमण गर्ने गरेको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us