कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

काठमाण्डु टुडे २०७९ चैत ७ गते ११:५७ मा प्रकाशित

काठमाण्डु ,७ चैत-कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

जोशीपुर बाट भजनी नगरपालिका- ९ कुणीतर्फ गहीरहेको से १ त ८८७० नम्बरको ट्याक्टर सोमबार रातिजोशीपुर गाउँपालिका९७ को हजारीबारामा दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरी लहेका छन ।

दुर्घटनामा घाइते भयका उनीहरुको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले ले जानाकारी दिय। ।जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका-९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् ।

ट्याक्टर चालक भजनी नगरपालिका-९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ।दुर्घटनाको कारण भने खुलेको छैन तर ओभरलोड र तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us