वैशाख १० को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाण्डु टुडे २०७९ चैत ७ गते ९:५० मा प्रकाशित

काठमाण्डु, ७ चैत– निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा सदस्यमा रिक्त पदका लागि आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि दल दर्ताका लागि आग्रह गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै दल दर्ताका लागि अपिल गरेको हो । आयोगले बुधबारदेखि आगामी १२ चैतसम्म दल दर्ताको समय निर्धारण गरिएको जनाएको छ । तनहुँ–१, बारा–२ र चितवन–२ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि पदमुक्त भएका कारण चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेले पुनः सोही क्षेत्रबाट उपनिर्वाचन लड्ने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us