
सर्लाही,६ चैत– प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–५ फेन्हराबाट एक युवक गाँजा र भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा भारत सितामढी सुपी थाना मोहनी मण्डल पोष्ट मोहनी मण्डल ग्राम–५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादव रहेका छन ।
४ किलोग्राम गाँजा र १२ हजार भारतीय रुपैयाँसहित यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।