शंकरदेव क्याम्पसबाट स्ववियु चुनावमा फर्जी मतदान गर्ने १० जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत ५ गते १५:१४ मा प्रकाशित

काठमाण्डु, ५ चैत -काठमाण्डुको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन्।

पक्रउ पर्नेमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० कार्यकर्ता रहेका छन । उनीहरु फर्जी परिचयपत्र लिएर जवरजस्ती मतदान गर्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता दिनेशमैनालीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us