
काठमाण्डु, ५ चैत- नेकपा एमालेले प्रतिपक्षी बेन्चमा बसेको दिन नै प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएपनि सञ्चारमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकोप्रति आपत्ति जनाएको छ ।
संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गरेका हुन् । एमाले सांसद रघुजी पन्तले संसदमा सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्री आफैले ती विषयमा जवाफ दिनुपर्ने र विधेयक पनि प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताए ।
उनले यो विषयमा सभामुखबाट रुलिङ गर्न पनि माग गरे । उनले सांसदहरूले शून्य समयमा उठाएको विषयलाई सरकारले रेस्पोन्स नगरेको आरोप लगाए ।