
काठमाण्डु, ५ चैत- नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ ।
आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताए ।