
काठमाण्डु ,५ चैत -नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्पन्न भैसकेको अवस्थामा समसामयीक राजनीतिक विषयमा छलफलका एजेण्डा रहेको उनले बताए । । एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।
त्यसका लागि पार्टीबाट कसले नेतृत्व गर्ने भन्ने निर्णय गर्न बाँकी छ । समाजवादीले कम्तिमा तीनवटा मन्त्रालयको दावी गर्ने तयारी गरेको छ ।