ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत ५ गते ११:३५ मा प्रकाशित

काठमाण्डु, ५ चैत- ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन ।उनलाइ बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

दुरघटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us