
काठमाण्डु,४ चैत– उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मूत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका–७ बस्ने २१ वर्षीय सुधिर कुमार मण्डल रहेका छन ।
कटारी नगरपालिका–४ ककुरखोला पुलस्थित सडकमा बा.५ ख ४६५३ नम्बरको टिपरले बाग्मती प्रदेश ०२९०१९ प ४९१५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो मण्डलको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।