
काठमाण्डु,३ चैत– पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । आलीले आज शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । उपराष्ट्रपति निर्वाचनमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाले दिएका उम्मेदवार रहेका छन।