
काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । प्रचण्डले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान जारी छ । निर्वाचनअन्तर्गत बिहान १२:१५ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ ।
निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।